कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

  • प्रकाशित मिति : November 7, 2024
  • नयाँ सवाल

काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो । नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् ।

यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् । ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् । कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।