काठमाडौं । बिहिबार छापावाल सुनको मूल्य ४ हजार रुपैयाले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ४ हजार रुपैयाले घटेर १ लाख ६४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १५ रुपैयाँ कायम भएकोमा आज ५५ रुपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।